सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका २ पुतली टोलका ६ बर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।

बिहिवार अपरान्ह साँढे ४ बजेको समयमा राम बहादुर दुलालको घरमा रहेको को २ त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी सव परिक्षणको लागि घोपा पठाएको छ भने चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।