मोरङ: मोरङको बेलवारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

बिहान साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक झापा दमक १ का २५ बर्षीय हरि बहादुर बिक र पछाडी सवार कानेपोखरी गाउँपालिका २ का २८ बर्षीय प्रेम दर्जी घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा प्रेम दर्जीको बिहान ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।