उदयपुर : उदयपुरको कटारी नगरपालिका ६ चुहाड स्थितमा टाडे घरको बरण्डाबाट खसेर १ जनाको मृत्यु भएको छ ।

गत बिहिबार साँझ ७ बजेको समयमा २७ वर्षीय दिवस कार्की आफ्नै टाडे घरको दोस्रो तलाको बरन्डाबाट तल खस्दा उनी गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी बिराटनगर स्थित नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।