झापाः झापाको बिर्तामोड नगरपालिका ३ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ का २६ बर्षीय बिकास उप्रेती र बिर्तामोड नगरपालिका ३ का सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २७ ग्राम ब्राउन सुगर र मे ३ प ८९८ नम्बरको स्कुटर पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।