पथरी:  मोरङको पथरी शनिश्चरे ५ शान्तीचोकमा आगलागी हुदा ५५ लाख बराबरको क्षति भएको छ । शनिबार विहान स्थानिय चन्द्र बहादुर रिजालको घरमा आगलागी भएको हो ।

आगलागीबाट १७ तोला सुन, २० तोला चाँदी, ३ लाख ५० हजार नगद र आद्यान्न तथा लत्ताकपडा सहित गरेर ५५ लाखको क्षति भएको परिवारले जनाएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए । आगलागीबाट काठको सेन्टर बेरा भएको २ तले घरमा पूर्ण रुपमा क्षति भएको छ । आगलागी फ्रिजमा विधुत चुहावट (सर्ट) भएर लागेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय पथरी, स्थानीय र रंगेली नगरपािलकाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको स्थानीय बेदनाथ खतिवडाले जानकारी दिए ।