पथरी : नेकपा नेतृत्वको सरकारले अव्यवस्थीत बसोबास र सुुकुम्बासी समस्या समाधान गर्नेमा ढुक्क हुन पथरीमा आयोजित सभाका वक्ताहरुले बताएका छन् ।

पथरीमा आयोजित आम सभाका वक्ताहरुले सुकुम्बासी समस्या समाधान गर्न पहल थालेको र त्यसमा ढुक्क हुुन सरोकारवालालाई उनीहरुले आग्रह गरेका हुन् । सुकुम्बासी तथा अव्यवस्थीत बसोबास समस्या समाधान पहल नगर समिती पथरीशनिश्चरेको आयोजनामा सम्पन्न भएको आमसभामा बोल्दै पथरीशनिश्चरे नगरकी उपप्रमुख यमुना बिष्ट बास्तोलाले यहि सरकारले जग्गा धनिपुर्जा दिने र स्थानिय सरकारले नै सुकुम्बासीलाई जग्गाधनी बनाउने बताइन् । उनले भनिन्, ‘धनिपुर्जा ललिपप बाँडेजस्तो होइन् यसका लागी सरकारले प्रक्रिया थालेको छ’। उनले भनिन ‘यहि सरकारले धनिपुर्जा बाड्ने काम गर्छ’।
सोहि कार्यक्रममा बोल्दै पहल समितीका अध्यक्ष जहरमान लिम्बुले नेपाल सरकारका भुमिसुधार मन्त्री पद्यमा अर्याल र कानुन मन्त्री भानुभक्त ढकालले समेत जोतभोगकै आधारमा जग्गाधनी पुर्जा दिने तयारी गरेको आश्वासन दिएकाले सुकुम्बासीका नाममा थप राजनिती नगर्न सुझाए । उनको आग्रह थियो ‘यहाँ सुकुम्बासीका नाममा सुकुम्बासी परिचयपत्र दिइने भन्दै पैसा उठाइदैछ यो के का लागी ’। उनले भने ‘पैसा उठाएर कसैले जग्गा धनिपुर्जा पाउदैन् ।’

जोतभोगका आधारमै जग्गा धनिपुर्जा माग गर्दै पथरीमा मौसम लिम्वु नेतृत्वको सुकम्बासीहरुको समुहले चरणवद्ध आन्दोलन सुरु गरेको छ । सो समुहले आन्दोलन थालेपछि जहरमान लिम्वु नेतृत्वको समितीले पहिलो पटक आमसभा आयोजना गरेको हो । लिम्वु नेतृत्वको समितीमा नगरका १४ जना सदस्य रहेका छन् । मौसम लिम्वु नेतृत्वको समितीले सुकुम्बासी परिचयपत्र वितरण थालेको शनिबारको सभामा बोल्ने वक्ताहरुको आक्रोश थियो । सोहि कार्यक्रममा नेकपा मोरङ्गका जिल्ला सदस्य टंक भण्डारी समितीका सचिव देबेन्द वनेम लगायतले बोलेका थिए । उनीहरुले हालका कानुन मन्त्री भानुभक्त ढकालकै पहलमा सुकुम्बासीले पुर्जा पाउने समेत जिकीर गरेका थिए । उनीहरुले भोग अधिकार सहितको सरकारले आयोग गठन गर्ने र त्यहि आयोगले सुकुम्वासीलाई पुर्जा बाड्नेमा आशा राखेका छन् ।