मोरङ: झापा अर्जुनधारा नगरपालिका ५ का ५४ बर्षीय पशुपति भट्टराईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ।

सोमवार अपरान्ह पौने ४ बजे मोरङ बेलबारी ४ बेतनास्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकल चालक भट्टराई तथा पछाडी सवार रहेकी उनकी श्रीमती लक्ष्मी भट्टराई घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा पशुपति भट्टराईको बेलुका साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । म्याजिक र चालक उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।