ताप्लेजुङ : ताप्लेजुङ पाथिभरा याङबरक ४ डुम्रिसे बस्ने ४७ बर्षीय राजमान तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो बिहान ११ बजे सोही स्थानमा रहेको घोप्टे भिरमा खर काट्ने क्रममा लडी घाईते भएका तामाङलाई उपचारार्थ लाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।