झापा: मोरङ उर्लाबारी ९ का ३१ बर्षीय धिरेन तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

हिजो बेलुका ८ बजे झापा दमक नयलबारीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको हो । को ३५ प १०५५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।