सुनसरी : सुनसरीको दुहबी नगरपालिका १२ पुर्वी कुशाहा बाँसटोलमा रहेको पैनीमा सालनाल सहितको एक नवजात शिशु मृत फेला परेको छ ।

स्त्री जातको नवजात शिशु प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।