गाईघाट : उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाट तर्फ जाँदै गरेको ना ५ ख ८४७९ नम्बरको बसमा सवार रहेका त्रियुगा नगरपलिका १६ का २२ वर्षीय सन्तोष परियार र मोरङ हसन्दहका २३ बर्षीय पुष्पराज तिम्सिनालाई ३४ ट्याब्लेट नाईट्रोजेपाम सहित पक्राउ गरेको हो ।

यसैगरी लाहानबाट गाईघाट तर्फ जाँदै गरेको ना १ ज ७३४३ नम्बरको बसमा सवार रहेका सप्तरीको खडक नगरपालिका ५ का २२ बर्षीय सुन्दर मण्डल र १५ बर्षीय मोहम्बद फिरोजलाई १८७ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।