धरान : धरान उपमहानगरपालिका १० नम्बर वडामा दलित विकास वडा समिति गठन भएको छ । वडा सदस्य अरुणा सुन्दासको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन भएको छ ।

समितिको उपाध्यक्ष प्रकाश रणपहेली, सचिव दुर्गा हमाल, सहसचिव कुमार वर्देवा, कोषाध्यक्ष आशा मोते चयन भएका छन् । दलित विकास वडा सदस्यहरुमा इन्दिरा रणपहेली, रिमा घले, चन्दा परियार र शिला मोते रहेका छन् ।
किरात राई यायोक्खा भवन धरान १० मा मंगलबार भएको १० नम्बर वडा स्तरीय भेलाले उक्त समिति चयन गरेको हो । धरान उपमहानगरपालिका दलित विकास समितिले धरानका सबै वडामा समिति गठन गर्ने कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको सदस्यसचिव तारा लामगादेले जानकारी दिए । भेला १० नम्बर वडा अध्यक्ष श्रीप्रसाद सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलामा वडा सदस्य समशेर वर्देवा, कृष्ण राई, प्राध्यापक विनुमान मोते लगायतका अतिथहरु रहेका थिए । भेलाको सञ्चालन दलित विकास समितिका सदस्य सकुन्तला भुषालले गरेकी थिइन भने संयोजक किशोर परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।