इटहरी  :  सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को प्रदेश नं १ समिति गठन भएको छ । प्रदेश १ को प्रथम कार्यसमितिको निर्वाचन कार्यतालिका अनुसार १५ जना उम्मेदवारहरु निर्विरोध निर्वा्चित भएका छन् ।

 हरिकुमार देवको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको छ ।उप सभापतिमा उमेश तुम्वाहाङ, सचिव सागर काफ्ले, सह सचिवमा विवेक श्रेष्ठ, कोषाध्यक्षमा ईश्वर तामाङ्ग निर्वा्चित भएका हुन् । त्यस्तै सदस्यहरुमा बद्री निरौला,  युयुत्सु बन्जरा,   प्रशान्त अधिकारी,  धरमेन कुमार चौधरी,  प्रेमराज खत्री,  आशिष निखिल साह,  मनिष कुमार झा, भानु आचार्य, केशव थापा र  एलिना रायमाझी निर्वा्चित भएका छन् ।

 केन्द्रीय प्रतिनिधि  भिषण भुजेल र आमन्त्रित प्रतिनिधि  आदित्य ढकालको उपस्तिथिमा निर्वा्चित पदाधिकारीको नामावली सार्वजनिक भएको हो । यश्वन्त विक्रम शाहीको सम्योजकत्वमा गठित निर्वाचन समितिमा जयनाथ यादव र  विकास भट्टराई सदस्य रहेका थिए ।