खोटाङ: खोटाङ दिक्तेल रुपाकोट मझुवागढी घर भएका ३४ बर्षीय शिक्षक सहदेव राई मृत अवस्थामा फेला परेका छन् ।

मझुवागढी घर भई हाल ऐसेलुखर्क ५ स्थित शिशु माध्यमिक विद्यालय महेश्वरीमा कार्यरत शिक्षक राई डेरा लिएको कोठामा मृत फेला परेका हुन् । उनी सोही स्थानमा युबराज राईको घरमा कोठा लिई बस्दै आएका थिए । उनी बिहान ०९ बजे सम्म पनि नउठे पछि विद्यालयका प्रअलाई बोलाएर ढोका खोली हेर्दा उनी मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । स्थानीयले घटनाबारे जानकारी दिए पछि प्रहरी टोली घटनास्थल पुगेर कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।