बिराटनगरः मोरङ र सुनसरीको दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

बुधवार राती साँढे ८ बजेको समयमा मोरङको कटहरी गाउँपालिका ७ होडियारीमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर २२ बर्षीय अडताल मोडियारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी, सुनसरीको ईटहरी १७ मा भएको मोटरसाईकल दुर्घटनामा मोटरसाईकल चालक भोजपुरको पात्लेपानी गाउँपालिका ५ का २० बर्षीय कौशल राईको मृत्यु भएको छ । आज बिहान राती पौने २ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको वानटेष्ट मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भिर घाईते भएका थिए । उनलाई विराट नर्सिङ होममा उपचारको क्रममा बिहान सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।