खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी १४ का ५९ बर्षीय कर्णबहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ ।

गत सोमबार आफन्तको घर दिक्तेल रुपाकोट मझुवागढीबाट आफ्नो घरतर्फ जान्छु भनि हिडेका राई दुई दिनसम्म फर्की नआए पछि खोजतलास गर्ने क्रममा भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । उनलाई सिद्धबोटे भिरबाट लडी मृत्यु भएको अबस्थामा फेला पारीएको प्रहरी चौकी बुईपामा जानकारी आएको थियो । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।