मोरङ: मोरङको सुन्दर हरैचा नगरपालिका १० का ४१ बर्षीय बुद्धिराम राईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

बिहिवार राती साँढे ६ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३९ प ७६०७ नम्बरको स्कुटरलाई सोही दिशाबाट जाँदै गरेको को १ ख ३२०२ नम्बरको बसले पछाडीबाट ठक्कर दिंदा उनी घाईते भएका थिए । घाइते राईको धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको हो भने बस र बस चालक प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।