धरान: इलाका प्रहरी कार्यालय धरानले विभिन्न समयमा हराएका मोवाईल खोजी गरेर सम्बन्धित मोवाइल धनीहरुलाई बुझाएको छ ।

प्रहरीका अनुसार गत भदौ १५ गतेदेखि माघ १६ गतेसम्म मोवाइल हराएको निवेदन दिएकाहरुमध्ये विभिन्न कम्पनीको १९ वटा मोवाइलहरु फेला पारेर फिर्ता गरिएको हो । आज इलाका प्रहरी कार्यालयमा भेटिएका १९ वटा मोवाइल मध्ये १४ वटा मोवाइल धनीलाई हस्तान्तरण गरिएको थियो । बाँकी ५ थान मोवाइल अन्य प्रदेशअन्र्तगतको प्रहरी कार्यालयहरुमा फेला परेकोले ती मोवाइल सम्बन्धित धनीलाई सोही कार्यालयमा पठाई बुझेर लगेको पनि प्रहरीले जनाएको छ ।