धरान : र्याडिकल लाईट नेपालले शहिद दिवसको अवसरमा आयोजना गरेको ‘शहिदको सपना र समृद्धि को यात्रा’ विषयमा वक्तृत्वकला होटल रत्न इनमा सम्पन्न भएको छ ।

वक्तृत्वकला प्रतियोगितामा पहिलो, दोश्रो चरण गरेर दश जना छनोट भएका थिए । पब्लिक हाईस्कूलकी छात्रा स्वस्तिका धमला प्रथम, धरान आदर्शका छात्र साहिल भुजेल दोश्रो, बिष्णु मेमोरियलकी छात्रा इच्छा बस्नेत तेश्रो, सान्त्वना एम्स एकेडेमीकी छात्रा नबिना मग्राती भएका छन् । बिजेताले क्रमशः नगद दश हजार, सात हजार, पाँच हजार, तिन हजार प्रमाण पत्र मेडल प्राप्त गरे । र्याडिकल लाईट नेपालका अध्यक्ष तिर्थ कार्कीले र्याडिकल लाईट नेपालले केहि बर्षदेखि कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । आगमि दिनमा अझ प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने उनले बताए ।

वक्तृत्वकला प्रतियोगितामा सहभागिता विद्यार्र्थीलाई इडेन एकेडेमी धरानका अध्यक्ष मोहन तिगेलाले नब्बे प्रतिशत छुट गर्ने प्रतिबद्धता समेत जनाए ।

महेन्द्र बहुमुखी क्यापस धरानका उपप्राध्यापक राजेश विद्रोहि, दोर्पध्वज राई, समता बिद्यालय इटहरीका जे.पि काफ्लेले प्रतियोगिताको सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा र्याडिकल लाईट नेपालका प्रबन्ध निर्देशक हिमाल कार्की, प्रमुख अतिथि खाद्य वैज्ञानिक प्रा.डा. धनबहादुर कार्की, विशेष अतिथि ईलाका प्रहरी कार्यालय धरानका डिएसपि ढुण्डिराज न्यौपाने रहेका थिए । वडा नं. १३ का अध्यक्ष नेत्र प्रसाद काफ्ले, वडा नं. ९ का अध्यक्ष रत्न कटुवाल, युएन नवोदय कलेजका होटल म्यानेजमेन्ट कोडिनेटर गगन श्रेष्ठको समेत उपस्थित रहेको थियो ।