धरान : नेपाल महेश्वरी महिला सङठनको कार्यसमिति छनौट कार्यक्रम उद्योग वाणिज्य संघ धरानमा सम्पन भएको छ ।

सङ्गठनको कार्यसमितिमा अध्यक्ष अनिता अटल, उपाअधक्ष शितल सोनि, सचिव ललिता जाजु, नितु सोनि, निशा भुरडिया, महासचिव सुधा सोमानी, कोषाध्यक्ष सरोज राठी रहेका छन् । कार्यसमितिमा १४ जना सदस्य रहेको अध्यक्ष अनिता अटलले जानकारी दिइन् ।

कार्यक्रमकी प्रमुख अतिथि गिरिजा सारडाले बधाई तथा शुभकामना दिँदै नेपाल महेश्वरी महिला सङठन विकट ग्रामिण क्षेत्रको असहाय गरिबलाई सामाजिक सहयोग गर्ने उदेश्यले स्थापित संस्थाको जिम्मेवारी पाएको बताईन् ।

उक्त कार्यक्रममा नेपाल भरिका दुईसय जना महिलाहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन भने सुधा सोनि र सपना मुंदडाले गरेकी थिईन् ।