विराटनगर : मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

आज बिहान साँढे ८ बजे मोरङको सुन्दर हरैचा नगरपालिका १० जरुवामा प्रदेश नम्बर १ ०२ ००१ ख ८१०९ नम्बरको टिपरले साईकल यात्री स्थानीय ४७ बर्षीय बाबुराम कार्कीलाई ठक्कर दिदा कार्की घाईते भएका थिए । घाईते कार्कीलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । टिपर चालक र टिपर उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।

यसैगरी स्कुल बसको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा उर्लाबारी नगरपालिका १ कान्छी चोकमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले ठक्कर दिदा मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका ६ का २६ बर्षीय डेकेस बिक, उनको श्रीमती २० बर्षीया सिर्जना कि, उनकै सासु ४३ बर्षीया कल्पना ठटाल र ३ बर्षीया छोरी प्रतिका बिक घाईते भएका थिए । घाईतेहरुको बिराट नर्सिङ होममा उपचार भईरहेकोमा ३ बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ भने बस र बस चालककाई ईलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।