ताप्लेजुङ: ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका २ माङजाबुङका २६ बर्षीय उदय लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।

सोमवार दिउँसो घरबाट खर काट्न भनी हिडेका लिम्बु बेलुकासम्म घर फर्केर नआएपछि खोजतलास गर्दे जाने क्रममा कोलडाँडा भिरबाट लडी घाईते अवस्थामा फेला परेका थिए । उनलाई घर ल्याईएकोमा राती १२ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली थेचम्बुबाट प्रहरी टोली खटि गएको तथा थप अनुसन्धान र कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटी गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।