झापा: झापाको शिवसताक्षी नगरपालिका ११ दुधेमा बोलेरोको ठक्करबाट ठेला चालकको मृत्यु भएको छ ।

सोमवार राती साँढे ६ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे १ ज २४७५ नम्बरको बोलेरो गाडीले सोही दिशा तर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिंदा ठेला चालक ६० बर्षीय बल बहादुर दर्जी घाईते भएका थिए । उनलाई उपचारको लागी बि.एण्ड सी. अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा राती सवा ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ भने बोलेरो र चालक उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।