बिराटनगर: मोरङको बिराटनगर महानगरपालिका १५ हुलास चोकबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको टिलुलिया बस्ने २१ बर्षीय जय दत्तलाई लुपिजेसिक१९ एम्पुल, एभिल १५ एम्पुल, डाइजोल्याब १५ एम्पुलसहित पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका दत्तलाई चेकजाँच गर्दा कम्मरको भागमा टेपले लुकाई छिपाई बोकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका १३ का २६ बर्षिय नारायण चौधरीलाई डाईजोल्याब ३३ एम्पुल, लेबल बिनाको २६एम्पुल, फेनारागन २२ एम्पुलसहित पक्राउ गरिएको हो । सोमवार साँझ सवा ५ बजे बा ३१ प ६६७८ मोटरसाईकलमा सवार रहेका चौधरीलाई चेकजाँच गर्दा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरिएको तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।