मोरङ : बिराटनगर महानगरपालिका १० को भित्री सडक खण्डमा भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ ।

आज बिहान सवा ७ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको टेम्पो अरनिको कलेज छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक बिराटनगर महानगरपालिका १७ का ४५ बर्षीय सलिम मियाँको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो । सोही अटोमा सवार रहेका अन्य ३ जना घाईते भई सोही अस्पतालमा उपचार भईरहेरको छ भने अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।