गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका १३ बाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १२ का बिकाश कट्वाल र त्रियुगा नगरपालिका ११ का २५ बर्षीय सुवास धमलालाई स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।