मोरङ: मोरङ बिराटनगर महानगरपालिका १४ स्थित सिमा एरियाबाट लागुऔषध चरेस सेवन गरिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २६ बर्षीय दिपक सहनी, ४२ बर्षीय राम यादब र ५५ बर्षीय मुस्तफीर मिया रहेका छन् । आज दिउँसो १२ बजे दिपक सहनीको कोठामा चरेश सेवन गरिरहेको अवस्थामा १०० ग्राम चरेससहित तिनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।