दुहबी : विराटनगर महानगरपालिका १२ स्थित बखरीमा रहेको उखुबारीमा एक महिलाको शब फेला परेको छ ।

आज बिहान भेटिएको शव सुनसरीको दुहबी नगरपालिका-६ कालि मन्दिरकी २४ वर्षीया सम्झना खत्री परियारको भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभएको छ । शुक्रबार बिहान उखुबारीमा घाँटी रेटेर घाटीमै सलले बेरेको अवस्थामा उनको शव भेटिएको थियो ।

उनले लगाउको कपडाबाट उनका श्रीमान बसन्त परियारले शवको पहिचान गरेपछि थप अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिनुभएको छ । घटनाको प्रकृति हेर्दा अन्तै हत्या गरी उखुबारीमा शव फालिएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभएको छ । शवको मुचुल्का गरि पोस्टमार्टमका लागि पठाईएको छ ।

मृतक महिलाको घाँटी रेटिएको अवस्था देखिएपनि नजिकै कतै पनि रगतको टाटाहरु फेलापर्न सकेको छैन । प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाएको छ ।