पथरी : मोरङ्ग पथरी शनिश्चरे २ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आज १७ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ।

१७ औँ स्थापना दिवसको अवसरमा संस्थाले ज्येष्ठ सदस्य, संचारकर्मी, वक्तृत्वकलामा उत्कृष्ट बिधार्थी लाइ सम्मान गरिएको छ । कार्यक्रमलाइ पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना बिष्ट,संबिधान सभा सदस्य चण्डि प्रसाद राइ लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाले ज्येष्ठ सदस्य ७२ बर्षिय कृष्णमाया राईलाई सम्मान गरेको छ भने एभिन्युजका पथरी संवाददाता गोपाल काफ्लेलाई नगद ५ हजार रुपैयाँ र सम्मान पत्रका साथ सम्मान गरिएका हो ।