पथरी : मोरङको पथरी बजार नजिकै जाँते-पथरी सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

दिउँसो ४ बजेतिरको समयमा जाँतेबाट ३५ जना यात्रु लिएर पथरीतर्फ आउँदै गरको को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस तिव्र गतिका कारण विपरीत दिशातर्फ गएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरुको पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालक लेटाङ ९ बस्ने २९ वर्षिय रामकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।