धरान : छुरा प्रहार गरी सख्त घाइते बनाउने तीन जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले धरान १८ बस्ने २१ बर्षीय विकास साह, सोही ठाउका २१ बर्षीय इश्वर राई र धरान १७ का १८ बर्षीय सागर खड्कालाई प्रक्राउ गरेको हो ।

यी तीन जनाको समूहले माघ २५ गते बेलुकी साढे ७ बजे सामान्य विवादमा धरान २० एन्जल मार्गमा बस्ने बर्ष २१ का सुजन मगरलाई छुरा प्रहार गरि घाइते बनाएका थिए ।

घाइते मगरको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेको अवस्था सुधार हुदै गएको प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन् । प्रक्राउ गरिएका तीन जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।