झापा : अर्जुनधारा जेसीज शनिश्चरेको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

जेसीज वर्ष २०१९ का अध्यक्ष टिकाराम गौतमको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जेसीज आस्था वाचन सुष्मा त्रिखत्री र स्वागत बिमला भट्टराईले गरेका थिए ।

कार्यक्रममा वर्ष २०१९ का अध्यक्ष गौतमले वर्ष २०२०का नवनिर्वाचित अध्यक्ष भाष्कर भट्टराईलाई जेसीज चेन पहिराएर पद हस्तान्तरण गरेका थिए । त्यसैगरि वर्ष २०१९ का अध्यक्ष गौतम र प्रथम महिला सुनिता खड्का तथा वर्ष २०२० का अध्यक्ष भट्टराई र प्रथम महिला पुष्पा कोइरालाबिच उपहार आदान प्रदान भएको थियो ।

त्यसैगरि जेसीजका संस्थापक अध्यक्ष इन्दीवर खड्का र वर्ष २०१४ का अध्यक्ष वसन्त सोमानीद्वारा स्थापित भीमबाबु–राधाकृष्ण स्मृति पुरस्कारबाट पत्रकार पुष्पा जवेगु र दिपक क्षेत्रीलाई जनही नगद पुरस्कार २५ सय र सम्मान पत्रबाट सम्मानित गरिएको थियो । त्यस्तै वर्ष २०१९ का उत्कृष्ट जेसीको रुपमा बिमला भट्टराईलाई सम्मानित गरिएको थियो ।