पथरी : बाख्रामा पिपिआर रोग फैलिन सक्ने भन्दै मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाले नगरवासिका बाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाएको छ ।
नगरपालिकाको पशुपन्छी शाखाले हप्तादिन लगाएर खोप कार्यक्रम गरेको पशुपन्छि शाखाका प्रमुख हेमचन्द्र दाहालले जानकारी दिए । यस अवधीमा १० हजार ४सय ५० वाख्रालाई खोप लगाइएको हो ।

नगरका कृषकले पालेका बाख्रामा हैजाका रुपमा फैलने पिपिआर रोग नफैलियोस भनेर खोप लगाइएको हो । जस मध्ये वडा नम्वर १ मा ४ सय ५०, २ मा ७ सय, ३ मा ९ सय, ४ मा ७ सय, ५ मा १ हजार, ६ मा ५ सय ५०, ७ मा ६ सय ५०, ८ मा १ हजार २ सय, ९ मा १ हजार ३ सय र १० मा १ हजार २ सय ९० वाख्रामा खोप लगाइएको हो ।

 नेपाल पारा भेटेरीनगरी एशोसियशन नगर समिति र मदन भन्डारी प्रतिष्ठान नेपालले समेत सो खोप कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए ।  नगरको आर्थिक विकास समितिको निर्णय अनुसार वडा कार्यालयसँग समन्वय गरी फागुन ११ गते खोरेत, चैत २ गते स्वाइन फिवर र चैत ३० गते भ्यागुते र चर्चरे रोग विरुद्धको खोप सञ्चालन गरिने छ।