भोजपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको आमचोक गाउँपालिकाका असिष्टेन्ट सव-इन्जिनियर बिष्णुकुमार राईलाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सबइन्जिनियर राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार पक्राउ गरेको हो । अख्तियारका अनुसार सब(इन्जिनियर राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिइसकेको अवस्थामा आमचोक गाउँपालिका वडा नं. ७ हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।