धरान : धरान ५ का खानेपानी उपभोक्ता समितिहरु संगठीत भएका छन् । धेरै लामो समय देखि आफ्नो वलबुताले खानेपानी उपभोग गर्दै आएका उपभोक्ता समितिहरुले संस्थागत विकासका लागि विशेष कार्यक्रम बनाउने तयारी रहेको एक उपभोक्ताले बताए । धेरै वर्षदेखि उनिहरुले नजिकैको खोला, खोल्सी तथा जरुवाहरुबाट पाईपलाईन विस्तार गरी खानेपानी उपभोग गरिरहेका छन् । ५ नं. वडाका सचिव राम पौडेलको अध्यक्षतामा वडामा रहेका देवीगाँउ, झोरापाटा, देउराली, खैरेनी, माछामारा, ठिग्गाबारी, निसानडाँडा र नयाँ देउराली झोडापाटा लगायतका खानेपानी तथा सरसफाई उपभोक्ता समिति छलफलमा सहभागी भएका थिए ।

मंगलबार ५ नं. वडा कार्यालयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिहरुकोे भेलामा विद्यान दर्ता, मुहान संरक्षण, पानीको शुद्धिकरण र सदुपयोग भन्ने विषयमा छलफल भएको थियो । पानी उपभोगमा आफुहरुलाई धेरै समस्या भोग्नु परेकाले सरकारले दिर्घकालीन समाधान गर्न सहयोग गर्नु पर्ने माग उपभोक्ता समितिका अध्यक्ष नेत्र प्रसाद काफ्लेले राखेका थिए ।

खानेपानी मन्त्रालय र धरान उपमहानगरपालिको सहकार्यमा DSOS ले धरानमा रहेको ८० वटो खानेपानी उपभोक्ताहरुको सहयोगका लागि सफ्टवेयर र हार्डवयरका कार्यक्रमहरु संचालन गर्ने योजना रहेकोे PST सुनसरीका वास ईन्जिनियर रविन्द्र कुमार देवले जानकारी गराए । भेलामा खानेपानीको दिगो व्यवस्थापनका लागि मोवाईल एप्स निर्माण गरिएको र वेन्चमारकिङ्ग, व्याकस्टोपिङ्ग र नेटवकिङ्ग कामहरु समेत गरिएको DSOS  का M&E देवीलाल पाण्डेयले जानकारी दिए ।

धरानको खानेपानी समस्यालाइ न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्र्दै आएका उपभोक्ता समितिको संस्थागत विकास गर्ने सके सम्बन्धीत निकायहरु संग सहकार्य गर्न सजिलो हुने DSOS का सामाजिक विज्ञ मोहन श्रेष्ठले बताए । आयोजनाका ईन्जिनियर रोहित यादव, कार्यालय सहायक एकराज अधिकारी वडाका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।