इनरुवा : सुनसरीको रामधुनी नगरपालिका ७ का २६ बर्षीय मिलन राईको पैनीमा डुबेर मृत्यु भएको छ ।

बुधवार अपरान्ह ४ बजेको समयमा रामधुनी नगरपालिका ७ चौबिसबिघा भन्ने स्थानमा रहेको पैनीको पानीमा नुहाउने क्रममा अचानक पैनीमा खसेर डुब्दा राईको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले राईलाई पैनीमा मृत फेला पारेको थियो । मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।