इलाम : इलामको देउमाई नगरपालिका ८ बस्ने १८ बर्षीय नबिन अधिकारीको खोलामा डुबेर मृत्यु भएको छ ।

आज विहीबार दिउँसो १ बजे सोही नगरपालिका ९ स्थितमा रहेको गुनमुनेको माइखोलाको ड्याममा पौडी खेल्ने क्रममा एक्कासी डुबेर अधीकारीको मृत्यु भएको भन्ने उनका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।