मोरङ : केरावारी गाउँपालिका ९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

बुधबार बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर बाहिर खेतमा मृत अबस्थामा शव फेला पारेको थियो ।

डिभिजन कार्यालयमोरङका अनुशार गुरुङको कम्मरदेखि तलको भाग हात्तिले किचेर क्षतविक्षत बनाएको अवश्थामा शव फेला पारेको हो । मृतकको शव कानूनी प्रकृया पूरा गरी परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।