मोरङ : सुनवर्सी २ महाराजथान बस्ने सन्तोश शर्माको छोरा १९ महिनाको प्रदिप शर्माको पानीमा डुबी मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबी मृत अवस्थामा निज नाबालकको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी अमरदहमा जानकारी गराउनसाथ अमरदह प्रहरी टोली खटि गई कानुनी कारबाही तथा घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले मोरङले जनाएको छ ।