झापा-झापाको दमक ४ मा रहेको बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठले आप्mनो दशौं बार्षिक उत्सव मनाएको छ ।

गुरुकुल परिषरमा एक कार्यक्रमको आयोजना गर्दै बार्षिक उत्सव मनाइएको हो । गुरुकुलका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यता रहेको थियो । बार्षिक उत्सवको अवसर पारेर गुरुकुल परिषरमा स्थपित पुस्तकालयको समेत उद्घाटन गरिएको छ । बिशेष गरी धार्मिक पुस्तकहरु अध्ययन गर्न चाहनेहरुको लागी पुस्तकालय उपयोगी हुने गुरुकुलका अध्यक्ष राजेन्द्र भट्टराईले बताए ।

पुस्तकालयमा धार्मिक र सांस्कृतिक पुस्तकका अलावा साहित्यीक पुस्तकहरु पनि राखिएको भट्टराईले बताए । पुस्तकालय उद्घाटनपछि संक्षिप्त प्रतिक्रिया दिदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश १ का सभा प्रदेश सभा सदस्य अर्जुन राईले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममापनि यस्ता धार्मिक तथा शैक्षिक थलोको बिकासका लागि कार्यक्रम समाबेस गरेकाले आगामी दिनमा थप विकास र उत्थानका लागि प्रदेश सरकारबाट सहयोग पुग्ने धारणा राखे ।

यसैगरी गुरुकुलको बर्षिक उत्सवकै अवसर पारेर वक्तिृकला प्रतियोगिता समेत सम्पन्न गरिएको छ । प्रतियोगितामा एञ्जिला बस्नेत प्रथम, नवजीत कुईंकेल द्वितिय, नवीन रेग्मी तृतिय भए भने सन्देश लुईटेलले सान्त्वना स्थान प्राप्त गरे ।