झापा : नेपाली सेनाका एक जवानले सडकमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाएका छन् ।

२१ नम्बर बाहिनी अड्डा, तोपगाछी झापामा कार्यरत प्युठ मेघबहादुर अधिकारीले दमक-३, फर्निचर लाइनमा बेवारिसे अवस्थामा फेला पारेको रकम सम्बन्धित धनीलाई बुझाएका हुन् । उनल गत फागुन १ गते उक्त रकम भेट्टाउने बित्तिकै इलाका प्रहरी कार्यालय दमकमा बुझाएका थिए । प्रहरीले रकम धनी खोजि गरेको थियो ।

त्यसक्रममा शिवसताक्षी-९ का ३९ वर्षीय भिमबहादुर लिम्बु प्रमाणसहित उपस्थित भएपछि प्रहरीले उनकै हातबाट रकम हस्तान्तरण गरेको छ । रकम हस्तान्तरण गर्दा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी विजयराज पण्डित, श्री २१ नं. बाहिनी तोपगाछीका सेनानी प्रभातकिरण श्रेष्ठ, दमक-७ का वडाध्यक्ष भीम पौडेल लगायत उपस्थित थिए ।