धरान : उपमहानगरपालिका १४ नम्बर वडा कार्यालयले आयोजना गरेको अग्नि नियन्त्रण यन्त्र वितरण कार्यक्रममा दुई पत्रकार सम्मानित भएका छन् ।

उक्त कार्यक्रमबाट पत्रकारद्धय भैरब आङ्ला र संजिता धमला सम्मानित भएका हुन् । वडा कार्यालयले आङ्ला र धमलालाई नगदसहित सम्मान गरेका हुन् ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र १४ नं. वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले जनही नगद २५ सय रुपैया र प्रशांसा पत्र वितरण गरेर पत्रकारद्धय आङ्ला र धमलालाई सम्मानित गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले दुबैजनालाई बधाई तथा शुभकामना समेत दिए ।