पथरी : जन्मदा सकुशल नै जन्मीएकी पथरीशनिश्चरे १० विरेन्द्रटोलकी ३० वर्षिया दुर्गा खतिवडा ८ महिनाको उमेरबाट अपाङ्गताको सिकार बनिन् । शारिरीक अपाङ्ग बनेकी उनलाई वरपर हिड्न पनि समस्या थियो । उनी अपाङ्ग बनेपछि घरमा पनि परीवारमा एक किसीमको पिडा थियो ।

वरपर हिडन समेत समस्या हुने खतिवडाको दुःख नजिकबाट नियालिरहेका वडाअध्यक्ष सागर राईले आफुले पाउने सुविधाबाट कटाएर ह्विल चियर किनेर वितरण गरे । राईले पहिलो पटक भने यसरी ह्विल चियर वितरण गरेका होइनन् । यसअघि पनि उनले आफ्ना वडाका हिडडुल गर्न असक्त भएका धेरै जनालाई ह्विल चियर वितरण गरिसकेका छन् । जनताले तिरेको करबाट जनप्रतिनिधि सेवा सुविधा भोगि हुन भन्दा नि जनताको लाभको कार्यमा खर्च गर्नु न्याय संगत हुने तर्क वडाअध्यक्ष राईको रहेको छ ।

राईले निर्वाचनताका गरिव र अपाङ्खलाई आफुले पाउने सुविधाबाट सहयोग गर्ने बताउदै आएका थिए । राईले मासिक रुपमा पाउदै आएकोे सुविधालाई गरिबको लागि खर्च गर्दै आएका वडा अध्यक्ष सागर राइले मासिक रुपमा यस्ता कार्यक्रम गर्दै आएका छन् । यसै सिलसिलामा फागुनमा अपाङ्गता भएकाहरुलाई ह्विल चियर वितरण गरेका हुन् ।

अपाङ्ग भएका खतिवडाकै घरमा गएर राईले ह्विल चियर प्रदान गरेका हुन् । हिडडुल गर्न सहज होस भनेर नै आफुले ह्विल चियर प्रदान गरेको राईको भनाई छ । यस अघि सोही ठाउँकी ४६ वर्षिया गीता चौहानलाई समेत ह्विल चियर प्रदान गरेका थिए ।