धरान :  प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रमको आयोजना गरी आज धरानमा पनि मनाईदैछ । आयोजना गरी आज मनाइँदै छ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुने शिङ्सा कल्याण केन्द्र सुनसरीका अध्यक्ष निमा पोङ्स्युवाले बताए ।

हिमाली शिङ्साबा भोटिया समाज र शिङ्सा कल्याण केन्द्र धरानको संयुक्त आयोजनामा धरान १५ बगरकोटमा सांसद जयकुमार राईको प्रमुख आतिथ्यमा आज दिउसो शुभकामना आदानप्रदान कार्यक्रम हुने बताइएको छ । धरानमा २०६० सालबाट ग्याल्पो ल्होसार मनाउन थालिएको निमा पोङस्युवाले बताए ।

ल्होसारका प्रकार 

१. तोल ल्होसार

तोल ल्होसारलाई तिब्बतमा उपल्लो क्षेत्रमा मान्ने गरिन्छ । उनीहरूले अन्य ल्होसार पनि मान्ने नै गरिन्छ ।तर त्यो कुनै जाती विशेष भने हुँदैन । तोल ल्होसार चन्द्र पात्रो अनुसार नै मनाउने गरिन्छ । नेपालमा तोल ल्होसार भनेर गुरुङ समुदायले मनाउने गर्दछन् । गुरुङ समुदायले नेपाली सूर्य पात्रो अनुसार पौषको १५ गते मनाउँछन् ।

२. सोनम ल्होसार

सोनम ल्होसार पनि बौद्ध मार्गी समुदायले नै मान्ने चलन छ । तर प्रायः खेती किसान गर्ने किसान समुदायले मान्ने भएकोले सोनम ल्होसार भनिएको हो । त्यही सोनम ल्होसारलाई पनि तोला लोसर मनाएको एक महिना पछि ज्यालो ल्होसार ग्याल्पो लोसर मनाउने प्रचलन छ । नेपालमा सोनम लोसर तामाङ समुदायले मनाउने गर्दछन् । यो चन्द्र पात्रो अनुसार मनाइन्छ । तामाङ समुदायले मञ्जुश्री सम्बतलाई मानेर सोनम ल्होसार मनाउने गर्दछन् ।

३. ज्यालो र ग्याल्बो ल्होसार

यो ल्होसार भोट पात्रो तथा भोट सम्बत अनुसार मनाइन्छ । शिङ्साबा समुदायले ज्यालो भन्छन् भने अन्यले ग्याल्पो ल्होसार भन्ने गर्दछन् । भोट पात्रो यही ल्होसारबाट फेरिने भएकोले पनि विश्वव्यापी रूपमा यही ल्होसारलाई व्यापक तथा सर्वव्यापी रूपमा मनाइने गरिन्छ । चन्द्र पात्रो खगोल शास्त्र अनुसार तयार हुने भएकोले यो पात्रो विश्वभरका बौद्ध मार्गीले प्रचलनमा ल्याउने गर्दछन् । यही पात्रो अनुसार सम्पूर्ण कार्य गर्ने गरिन्छ ।