गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लहानबाट गाईघाट तर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक स्थानिय २२ बर्षीय मोहम्बद काबिरको साथबाट प्रहरीले नियन्त्रीत लागुऔषध डाईजोल्याप ५ पिस, प्रोमेफाजिन ५ पिस, नुफिन ५ पिस र प्रयोग गरेको सिरीन्ज ३ पिस बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका काबिरको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।