तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिका-२ का ५७ बर्षीय टेकहादु लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनी मृत फेला परेका छन् ।
मंगलवार बिहान ७ बजे कुलो बनाउन भनी गएका लिम्बु घर फर्केर नआएपछी खोजतलास गर्दे जाने क्रममा बुधवार बिहान उक्त स्थानमा कुलो भन्दा करिव १०० मिटर तल मृत फेला परेका थिए ।
घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।