धरान : सुनसरीको रामधुनी नगरपालिका १ सैनीमैनीमा अटो (टेम्पो) पल्टदाँ चालकको मृत्यु भएको छ ।

बिहिवार राती ९ बजेको समयमा सैनीमैनी स्थित भित्री सडक खण्डमा को २ ह ६२६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका चालक ईनरुवा नगरपालिका ७ का ३५ वर्षीय नन्दराज खवासलाई उपचारको लागि ईटहरीको ऐपेक्स अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।