इटहरी : सुनसरीको ईटहरी उपमहानगरपलिका ६ अनामनगरका ५६ वर्षीय गोपाल न्यौपानेको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिवार राती ७ बजेको समयमा आफ्नै घरमा बत्तिको बल्ब जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका न्यौपानेको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा राती साँढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।