मोरङ : मोरङ जिल्लाका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो पौने ३ बजेको समयमा मोरङको उर्लावारी नगरपालिका-८ मा रहेको जरुवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका स्थानीय २१ बर्षिय अर्जुन नेपालीको उपचारको क्रममा गोदावरी अस्पताल उर्लावारीमा मृत्य भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मोरङकै सुनबर्सी नगरपालिका-७ बरडंगाका ३५ बर्षीय सन्तोष मुखियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजे आफ्नै घरमा रहेको पानी तान्ने मोटरबाट पानी तानेर नुहाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मुखियाको उपचारको क्रममा टाईम्स अस्पतालमा अपरान्ह साँढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।