झापा : झापाको मेचीनगर नगरपालिका-६ काली मन्दिर छेउबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।

सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर-१४ का ३० बर्षीय कुमार बि.क.लाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका बि.क.को सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।